धादिङ दुर्घटना : गम्भिर घाइतेको उद्दारमा लापरबाही, हेलिकोप्टर खोज्नु परेपछि ठेकेदार फरार !

दियो पोस्ट  

धादिङ । धादिङमा आज भएको ट्याक्टर दुर्घटनाका गम्भिर घाइतेको उद्दारमा चरम लापरबाही भएको पाइएको छ । जिल्लाको नीलकण्ठ नगरपालिका ९ तिनघरे स्थित सडकमा दुर्घटना हुँदा ४ जना घाईते भएका थिए । घाइते मध्ये बेनिघाट १० का ३० वर्षिय हर्क विककाे अवस्था नाजुक छ । उनको आँखामाथिको भाग पुरै फूटेको छ । तर, हेलिकोप्टर व्यवस्थापन गर्न कोही तयार भएका छैनन् । स्रोतका अनुसार विक सडक निर्माणको काम गर्दै थिए ।

उनको उद्दारका लागि सडक डिभिजन कार्यालयका निर्देशक र प्रमुख जिल्ला अधिकारीलाई गुनासो गर्दा कसैले पनि सुनुवाई गरेका छैनन् । अस्पतालका चिकित्सकहरुका अनुसार उनको अवस्था निकै गम्भिर छ । उनलाई हेलिकोप्टरबाट उद्दार भए बाँच्न सक्ने सम्भावना छ । तर, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले कुनै सुनुवाई गरेका छैनन् । गम्भिर घाइते विरामीलाई ठेकेदार गिरिमान राईले काममा लगाएका थिए ।

अस्पताल स्रोतका अनुसार ठेकेदारको प्रतिनिधिको रुपमा एक व्यक्ति अस्पताल आएका थिए । तर, विरामीको अवस्था बुझ्न ठेकेदारका प्रतिनिधि अस्पताल पुगेका थिए । तर, गम्भिर विरामी देखेपछि भागेका थिए । विरामी उद्दारको विषयमा प्रश्न गर्न धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साललाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।