रामेछाप । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी रामेछापले जनाएको छ ।
दुर्घटनामा परेर २१ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार कार्य जारी छ । एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ । ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुभुखोला माथिको घुम्तीबाट बस तल खसेको छ ।