रामेछाप । रामेछापको सुनापति गाउँपालिका– लुभुघाटमा यात्रु बस दुर्घटनामा परी गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ ।
दुर्घटनामा परी २१ जना घाइते भएका छन् भने ९ जनाको मृत्यु भएको छ । सुनापति गाउँपालिकाको केन्द्र हिलेदवीबाट काठमाडौं तर्फ जादै गरेको वस लुभुघाटमा दुर्घटना भएको थियो । बसमा ३४ जना सवार थिए ।