बलात्कार गरेको अभियोगमा समाजवादी निकट धादिङ्गका टिकाराम नेपाली पक्राउ

दियो पोस्ट  

काठमाडौं । आफूलाई नेकपा एकीकृत समाजवादी निकट युवा संगठनको नेता बताउँदै आएका टिकाराम नेपाली पक्राउ परेका छन् ।

ठमेलस्थित एक होटलमा महिलालाई बलात्कार गरेको घटनामा उनलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेले पक्राउ गरेको हो ।
बृत्त प्रमुख डिएसपी दुर्गा दाहालले नेपालीलाई पक्राउ गरेको पुष्टि गरे ।

उनका अनुसार नेपालीलाई हिजो पक्राउ गरि प्रहरी हिरासतमा राखिएको छ । स्रोतका अनुसार पक्राउ परेका नेपालीलाई छुटाउन समाजवादी पार्टीका उच्च नेताहरुले दबाव दिएका छन् ।

यसअघि फेक रेस्क्युका नाइके हिमालयन सोसियल जर्नी नामक ट्रेकिङ्ग कम्पनिका मालिक राम प्रसाद सापकोटाको धन्दाबारे समाचार प्रकाशित हुँदा नेपालीले दियोपोस्ट कर्मीलाई धम्की दिएका थिए ।

उनी पर्यटन सम्बद्ध विभिन्न संघ संस्थामा समेत समलग्न छन् ।

सम्बन्धित खबर