युवतीको जाहेरीपछि प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश आचार्य पक्राउ

दियो पोस्ट  

काठमाडौं । अभद्र व्यावहार मुद्दामा नेपाल प्रहरीले एक पत्रकारलाई पक्राउ गरेको छ । नेपाल प्रेस नामक अनलाइनमा दाङ्गबाट रिपोर्टिङ्ग गर्दै आएका गणेश आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

एक महिलाले दिएको जाहेरीको आधारमा उनलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको हो । नेकपा एमाले निकट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका आचार्य पूर्व मुख्यमन्त्री शंकर पोखरेल निकट पात्र हुन् ।

उनलाई पक्राउपछि म्याद थप गरि मुद्दा दायर गर्ने तयारी छ । जाहेरी दिने युवती विवाहित रहेको र उनको स्थायी घर सल्यान रहेको खुलेको छ । आचार्य पनि विवाहित रहेको स्रोतले जनाएको छ ।

सम्बन्धित खबर