अत्यावश्यक बस्तुमा हड्तालको सेटिङ : कमिशन बढ्ने भएपछि एकाएक आन्दोलन स्थगित, थानीको समलग्नता !

दियो पोस्ट  

काठमाडौं । केहीमहिना अघि बायु सेवा संचालकहरुले हड्तालको घोषणा गरे लगत्तै सरकारले बायु सेवा संचालक संघका अध्यक्ष रामेश्वर थापा विरुद्ध पक्राउ पुर्जी जारी गर्यो । त्यसपछि उनीहरुको आन्दोलन एकाएक तुहियो । किनकी अत्यावश्यक वस्तुमा हड्ताल गरे पक्राउ गरेर थुन्ने अधिकार प्रहरी प्रशासन र सरकारलाई छ । तर, त्यस्तै प्रकृतिको एउटा हड्ताल घोषणा हुँदा सरकार र गृहप्रशासनले रहस्यमयी रुपमा मौनता देखाएको छ ।

नेपाल पेट्रोलियम ढुवानी व्यावसायी महासंघले गत साउन १३ गते आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । गत साउन ६ गतेको बैठकको निर्णय भन्दै साउन १५ सम्म ढुवानी भाडा बृद्धि नभए आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेको छ । उनीहरुले आजैदेखि राज्यभर हवाई इन्धन गर्ने ट्याङ्करले पिडिओ नलिने र लोड नगर्ने घोषणा गरेका छन् । उनीहरुको आन्दोलन साउन २१ सम्म जारी रहने महासंघका अध्यक्ष खगेश्वर बोहराद्वारा हस्ताक्षेरित विज्ञप्तीमा उल्लेख थियो ।

सामान्य तया ढुवानी भाडा पेट्रोलियम पदार्थ बढेको बेला स्वभाविक रुपमा बढ्ने गर्दछ । त्यस्तै घटेको बेला घट्नुपर्छ । स्रोतका अनुसार निगमका कार्यकारी निर्देशक उमेश थानीले कमिशन बढाउनका लागि भाडा बढाउने आन्दोलनको सेटिङ मिलाएको आरोप छ ।

साउन १५ को मितिमा गरिएको अर्को पत्राचारमा भने फेरी आन्दोलनको कार्यक्रम स्थगित गरिएको उल्लेख छ । उक्त पत्रमा संचालक समितिका अध्यक्ष देश बाहिर भए पनि भाडा बढाउने विषयमा आयल निगम सकारात्मक भएको कारण आन्दोलन स्थगित गरिएको उल्लेख छ ।