विश्वमा नारीवादी रंगमञ्चको उदय

diyopost.com
आशिका
  सोमबार, साउन १६, २०७९ | १२:०३:१८

अनुवादः खुमा ओली

हामी साहित्य विधामा नाटक पढ्दै आएका छौं । नाटक गर्ने वा खेल्नेलाई रंगमञ्च (थिएटर) भनिन्छ । हामीले थिएटर गर्ने पुरुषहरु देखेका छौ र सुनेका पनि छौं । तर कहिले हामीले थाहा पायौं कि यस थिएटरमा महिलाहरु कसरी आए वा उनीहरुले आफ्नो लागि छुट्टै थिएटर कसरी निर्माण गरे ? यस लेख मार्फत विश्वव्यापी नारीवादी रंगमञ्च जान्न प्रयास गर्नेछौं ।

पहिलो प्रश्न यो हो, नारीवादी रंगमञ्च भनेको के हो ? नारीवाद रंगमञ्चको आफ्नै परिभाषा हुन सक्छ , तर सरल शब्दमा बुझ्ने हो भने यो एक रंगमञ्च हो जसमा पात्र, घटनाहरुलाई पुरुषको नजरबाट नभई महिलाको दृष्टिकोणबाट हेरिन्छ ।
यौनिकता, महिलाको स्वायत्तताको कुरा गरेर पहिचानको सांस्कृतिक मान्यतामाथि आक्रमण गरेर यो रंगमञ्चले व्यक्ति या त पुरुष मात्रै हो कि महिला मात्रै हो भन्ने बाइनरीलाई पनि तोडेको छ ।

नारीवादी थिएटरले पुरुषद्वारा स्थापित थिएटरको कन्टेन्ट र विधालाई चुनौती दियो । नारीलाई वस्तुको रुपमा नभई विषयका रुपमा स्थापित गर्न थाले । यो रंगमञ्च केवल नाटकमा मात्र सीमित रहेन, यसले महिलाको सामाजिक र राजनीतिक संघर्षलाई चित्रणसमेत ग¥यो । साथै पितृसत्तात्मक संरचनाको पर्दाफास गर्दै समाजमा हुने सबै प्रकारका शोषणलाई आफ्नो कलाको माध्यमबाट नारीवादी परिप्रेक्ष्यमा राख्यो ।

नारीवादी थिएटरको विशेषता

नारीवाद थिएटरले कलाकारहरुको कास्टिङ, रिहर्सलमा प्लटलाई चुनौती दिँदै, उत्पादन प्रक्रियामा महिलाहरुको दृष्टिकोणलाई समावेश गर्ने प्रयास गर्छ । नाटक जसको बारेमा हो, स्वंयम त्यही व्यक्ति नै समावेश हुने हो भने प्रस्तुती कुनै बाहिरी व्यक्तिले गरिहेको छ भन्ने महसुस हुँदैन । जस्तैः नाटक कुनै यहुदीको बारेमा हो र कलाकारको कास्टीङदेखि निर्देशनमा यहुदीलाई नै समावेश गरियो भने कथा ऊ आफैले गरिहेको छ भन्ने मौलिकता झल्किन्छ ।

महिलाहरुले भोगेको अनुभवलाई नाटकको हिस्सा बनाइएको छ । पुरुषद्वारा निर्मित थिएटरमा जहाँ सबै कुरा आफ्नो पहिचानमा सिमित छ । अर्काेतर्फ महिलाले वर्ग, जात, प्रकृति आदिको पहिचानसहित नाटक निर्माण गरेर आफ्नो रंगमञ्चलाई समावेशी बनाएका छन् । “सफरेज” थिएटर देखि “एलजी बीटीक्यू प्लस” थिएटरहरु यसका जीवित उदाहरण हुन् । नारीवाद थिएटरको इतिहास नारीवादी आन्दोलनको दोस्रो लहरको समयमा संयुक्त राज्य अमेरिका र इङग्ल्याण्डमा नारीवादी थिएटर फस्टाउन थाल्यो । यो समयमा महिलाहरुले गर्भनिरोधक, कार्यस्थलमा समान अधिकार, अवसरको अधिकार आदिका लागि आन्दोलन गरिरहेका थिए । यी आन्दोलनहरु प्रदर्शनकारी थिए । असमानता अपनाई समाजले महिलामाथि गरेको दमनप्रति महिलाको आक्रोश थियो ।

यस आन्दोलनको प्रारम्भिक नेताहरुमा मिशेलेन वेन्डर्स, मार्था बोइसिङ र क्यारिल चर्चिल, १९७४ मा युनाइटेड किंगडममा गठन भएको महिला थिएटर समूह, जो १९९० मा फिनिक्स थिएटर कम्पनी, स्प्लिट ब्रुचेस आदिसहित महत्वपूर्ण महिला थिएटर समूहहरु समावेश छन् ।

नारीवादी नाटक लेखिकाहरुदेखि नारीवादी निर्देशक, कालाकारहरुका कारणले यी सबै व्यक्तिहरु एकसाथ आएपछि नारीवादी थिएटर अस्तित्वमा आयो । यस रंगमञ्चको विस्तारमा महिला थिएटर समूहले महत्पूर्ण योगदान गरेको छ । यो एक समूह थियो जुन पूर्णतया नारीवादी आन्दोलनको परिणाम थियो । भिक्टोरिया एण्ड अल्फ्रेड म्युजियमका अनुसार महिला थिएटर ग्रुपको लक्ष्य महिलालाई निर्देशक, रंगमञ्च प्रबन्धक, लेखक, निर्माता जस्ता सबै प्रकारका भूमिका दिनु थियो । जसमा उनीहरुको संघर्षको प्रतिनिधित्व गर्ने र समान अधिकारका लागि आवाज उठाउने थियो ।

यो समूहले सन् १९९० सम्ममा बेलायती समाजको मूलधारमा महिला प्रतिनिधित्व देख्नका लागि पर्याप्त प्रगति गरेको विश्वास ग¥यो । मेशेलेन वेन्डर्स महिला थिएटर समूहको स्थापनामा प्रमुख भूमिका खेल्ने लेखकहरु मध्ये एक हुन् । उनका अनसार महिला थिएटर समूहले पहिचान, लैंगिकता र दुव्र्यवहार जस्ता विषयलाई समेटेर धेरै नाटकीय निर्माण गरिएको थियो ।

उदाहरणका लागि १९७५ को नाटक “माइ मदर सेज आई नेभर सुड” ले किशोर किशोरीहरुलाई कसरी यौन दुव्र्यवहार गरिन्छ भनेर चित्रण गरेको थियो । “आउट अन द कोस्टा डेल” नाटक सन् १९९७ मा, द ट्राइको विन्डस्क्रिन वाइपर फ्याक्ट्री, लन्डनमा मञ्चन गरिएको थियो । यसमा महिलालाई समान पारिश्रमिकको मुद्दा केन्द्रमा थियो । अर्को महत्पूर्ण महिला थिएटर समूह युनाइटेड किंगडममा नै गठन भएको थियो । मोन्स्ट्रस रेजिमेन्ट जुन महिला थिएटर समूहभन्दा बढी प्रगतिशील र कट्टरपन्थी थियो । उनको नारी स्वतन्त्रताको विचार बलियो थियो । यस समूहका संस्थापक सदस्यको कथन थियो, “क्ष क्ष् जबखभ तय उबिथ बलयतजभच तबचत धष्तज ब जभबचत या नयमि ष्ल ब एख्ऋ कपष्चत, क्ष्’m नयष्लन तय तजचयध गउ।” यस समूहको विचारधारा नारीवादी र माक्र्सवादी थियो । युनाइटेड किंगडममा सेन्सरशिप कानुन हटाएपछि उनीहरुको कोष प्राप्त गरे र दुईवटा उत्कृष्ट मौलिक र प्रभावशाली थिएटर उत्पादनहरु यस समूहले उत्पादन ग¥यो जसमा “स्कमः डेथ, डिस्ट्रक्शन र डर्टी वाशिंग” लन्ड्रीको पृष्ठभूमिमा राख्दै यौन र सामाजिक राजनीतिकलाई संकेत गर्छ । र “भिनेगर टम” यसमा समावेश थियो ।

इंग्ल्याण्ड हुँदै यी नारीवादी थिएटर आन्दोलनहरु विभिन्न पश्चिमी देशहरुमा पुगे र त्यहाँ नयाँ महिला थिएटर समूहहरु फस्टाए । संयुक्त राज्य अमेरिकामा पहिलो महिला थिएटर समूह जुन १९७६ मा गठन स्पाइडर महिला थिएटर थियो । धेरै थिएटर समूहहरु जस्तै म्यानहट्टन शेक्सपियर प्रोजेक्ट र ला लुना प्रोडक्सन जस्ता संस्थाहरुले कुनै पनि तरिकाले दुव्र्यवहारमा परेका महिलाहरुलाई मद्द गर्न आफ्नो नाटकहरुबाट रकम उठाउँछन् । क्यानडाको सबैभन्दा पुरानो नारीवाद थिएटर समूह टोरन्टोमा आधारित नाइटवुड थिएटर हो , जुन १९७९ मा गठन भएको थियो । सडक नाटक भारतको एक प्रसिद्ध थिएटर कला हो । सन् १९८० को दशकमा सफदर हाश्मीको निर्देशनमा “औरत” नाटक मञ्चन गर्ने “जन नाटक मञ्च” लगायत यसमा महिलाको सहभागीता हुन थाल्यो ।

रंगमञ्चमा नाटक जब नारीवादी हुन्छ तब मात्र त्यसको लेखन नारीवादी हुनेछ । त्यसैले नारीवादी रंगमञ्चको लागि नाटककारको भूमिका महत्पूर्ण हुन्छ । यस थिएटर आन्दोलनको समयमा क्यारिल चर्चिल, सुसान ग्लासपेल, एडिथ वर्तन जस्ता धेरै नारीवादी नाटककारहरु थिए । क्यारिल चर्चिलका तीनवटा प्रख्यात कृतिहरुले समाजमा रहँदा महिलाहरुले सामना गर्नुपर्ने विभिन्न संघर्षहरु चित्रण गरेको छन् । यी कृतिहरु मध्ये “कुल्ड ९” (१९९९), “टप गर्लस” (१९०२) र “द स्क्रिकर” (१९९४) छन् । यो नाटक कसरी नारीवादी थियो भनेर बुझ्नका लागि “द स्क्रिकर” हेर्नुहोस् । पितृसत्ताले पृथ्वीलाई कसरी हानि गरिरहेको छ भनेर देखाउन परीहरु प्रयोग गर्ने नाटक, यो लेखनलाई इकोफेमिनिज्मसँग जोड्न सकिन्छ । जसरी पितृसत्ताले प्रकृतिलाई चिन्ह लगाउने परीलाई शोषण गर्छ । अर्काेतर्फ, सुसान ग्लास्पेलले भौतिकवादी, नारीवादी लेन्सबाट हत्याको रहस्यलाई नाटक “ट्रिफल्स”मार्फत प्रस्तुत गर्छिन् । कसरी दुई महिलाले आफू वरपरका मानिसहरुसँग जोडिएका कारण हत्याको रहस्य समाधान गर्छन् । एडिथ भार्टनको उपन्यास, “द हाउस अफ मर्थ”पछि नाटकमा रुपान्तरित एक महिला केन्द्रीत नाटक हो । नाटककी मुख्य पात्र लिली बार्ट हुन् । एक महिला केही बन्न चाहान्छिन्, तर समाजले उनलाई कसरी अर्कै बन्न माध्य पार्छ, यो नाटकको सार हो ।

नारीवादी थिएटर आन्दोलन आफैमा यति सामवेशी थियो कि यसले नारीवादका विभिन्न रुपहरु समावेश ग¥यो । उदारवादी, सांस्कृतिकदेखि माक्र्सवादी, इको–फेमिनिज्मसम्म । यी नाटकहरुमा हरेक वर्गका महिलाहरु देखिन्थे । आजको समयमा पनि यो समूह सक्रिय छ । यसबारे कुरा गर्दा भारतमा महिलाहरु किन धेरै संख्यामा छैनन् भन्ने जान्न जरुरी छ ।

फेमिनिज्म इन इन्डियामा प्रकाशित लेख अनुसार, टुनटुन खुखर्जी यसबारे लेख्छन्, “महिलाहरुलाई शिक्षाबाट वञ्चित, छापा संस्कृतिमा पुरुष विशेषता, अश्लीलता र मौखिक संस्कृतिको अवमूल्यन (सामान्यतया महिला डोमेन), निजी सम्पत्तीबाट अलग र सार्वजनिक स्थानहरुले महिलाहरुलाई निश्चित शैलीहरुमा सीमित गर्न र अरुमा उनीहरुको उपस्थितिलाई प्रतिबन्ध वा हटाउने काम गरेको छ ।”

सम्बन्धित खबर