काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । तारकेश्वर नगरपालिका–२ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख जनक भट्टराईले दियो पोष्टलाई जानकारी दिए ।
उनीहरूमध्ये केही झुण्डिएको अवस्थामा भेटिएको भट्टराईले बताए । घटनाको अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ ।