प्राइड क्यासिनोमा दावा शेर्पा ‘सेट्ठी’को ‘लुट’ : क्यासीनोमा टेवुल ठेक्का, गुण्डा लगाएर असुली !

दियो पोस्ट  

 

काठमाडौैं । नेपालीलाई क्यासीनोमा प्रवेश निषेध गर्दैमा कुन क्यासीनो बन्द भएको छ र ? बरु, तीनै नेपालीलाई कुन जुक्ति लगाएर, के(कस्तो प्रलोभन वा सेवासुविधा दिएर हुन्छ क्यासीनोमा डाक्ने र फकाई फकाई लुट्ने कार्य जारी छ ।

विगतको तुलनामा यतीबेला जुनसुकै क्यासीनोमा ग्राहक अर्थात जुवाडेको आवतजावत निकै पातलो छ । विगतमा खान पिउनकै लागि जानेहरुको संख्या बेसी हुन्थ्यो भने यतीबेला खेल्नेहरु मात्र पुग्छन् । नेपाली जुवाडे क्यासीनो छिर्नु परेमा इन्डीयन आईडी कार्डको व्यवस्थापन स्वयम् क्यासीनोले नै गरिदिन्छ, अन्य देशका नागरिकलाई क्यासीनो प्रवेशमा रोकावट हुने कुरै भएन । यसरी हेर्दा बरु नेपालीलाई गरिएको प्रवेश निषेध क्यासीनो सञ्चालकका हकमा खर्चमा कमी आउँदा उल्टो फायदा बढी देखिएको छ ।

नेपालीको प्रवेश निषेधपछि क्यासीनो सञ्चालकहरुले यतीबेला प्रायः क्यासीनोमा दलाल नियुक्त गरेर टेवुल भाडामा लगाउने कार्य गरिरहेका छन् । त्यसरी टेबल लिए वापत दलालले क्यासीनोलाई मोटो रकम बुझाउने गर्छन् । बौद्धस्थित ह्यात होटलमा रहेको प्राइड क्यासीनोमा लुट मौलाएको खुलेको छ ।

आफूलाई विभिन्न प्रलोभन दिएर क्यासीनोकै खेलाडीको मिलोमतोमा लाखौं लुटेको एक पीडितको गुनासो छ ।

सिक्कीमको माजुड क्यासीनोमा यसरी नै टेबुल ठेक्का लिएर क्यासीनो चलाउँदै आएका दावा शेर्पा भन्ने ‘सेठ्ठी’ जो मिटर व्याजीका रुपमा पनि चिनिन्छन्, उनले आफूलाई फकाएर झण्डै ३५ लाख नगद क्यासीनोमा पोकर खेलमा हराएको बताए । ‘तास बाँड्ने डिलरका पछाडी दुई जना उभिएका हुन्थे, उनीहरुले तास मिलाउथे र बाँड्दै गर्दा सेटीङमा हामी वास्तविक खेलाडीलाई सानो दाउ पार्ने र सेटीङमै खेल्न बसेकालाई जिताइदिने गर्थे,’ ती पीडितले भने । लगातार चार(पाँच दिन खेल्नेक्रममा ३५ लाख हारिसक्दा आफूलाई थप सापटीका नाममा दिएको रकम समेत हराएको र उक्त रकम लिन घरमा मान्छे पठाएर धम्की दिने गरेको गुनासो पिडीतको छ ।

सेटिङ गरिएका खेलाडीलाई मात्र बारम्बार ठूलो दाऊ परिने गरिएपछि आफूलाई शंका लागेर उक्त कुरा उठाएको समेत पिडीतले बताए । उनले आफू खेलेको दिनको दृश्य हेर्दा यथार्थ थाहा हुने समेत बताएका छन् ।
यता, सेठ्ठी भनिने दावा शेर्पा नामका जुवा दलाल चुच्चेपाटीस्थित केएल टावर अगाडी बस्ने गरेको र त्यहीँ उसले क्यासीनोमा खेल्ने खेलाडी जुटाएर लैजाने गरेको पाइएको छ ।