काठमाडौं । किसानहरुको माग पुरा नभएपछि उनीहरू पुनः काठमाडौको माइतीघरमा आजबाट धर्ना शुरु भएको छ ।
मिटर ब्याजले घरबारविहीन भएपछि न्यायको अपिल गर्न नवलपरासीदेखि पीडित किसानहरु धर्ना दिन काठमाडौ आइपुगेका हुन् ।
उनीहरुले यसअघि पनि सरकार विरुद्ध प्रदर्शन गरेका थिए । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्र मणी पोखरेलसँग सम्झौता भएपछि मिटरब्याजीहरु पक्राउ समेत परेका थिए । तर, उनीहरुलाई कारबाही नभएको भन्दै फेरी पीडितहरु आन्दोलनमा उत्रिएका हुन् ।
यस्ता छन् मागहरु
२. पीडित किसानको जमिनको मालपोत डिस्टिक बन्धक खोली अनाधिकृत तमसुक च्यात्नु पर्ने ।
३. जगदिश बककनिया, सुनिल बानियाँ ,सुजित बानियाँ, र सुरेश बानियाँ लगायत परिवारको सम्पति जांच गर्नु पर्ने ।
५. मिटर व्याजी साहुको निरन्तरको मानसिक प्रताडनाका कारण भएको किसानको मृत्युको छानबिन गर्नु पर्ने ।
६. नेपाल सरकारले अवलम्बन गर्दै आएको आर्थिक नीति किसानमैत्री हुनु पर्ने ।