देशभर थप ८१४ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित ५ हजार नाघे

दियो पोस्ट  

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ सय १४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । ५ हजार ४१५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५०९ तथा एन्टीजेन विधिबाट ३०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप २९९ जना सङ्क्रमणमुक्त पनि भएका छन् ।

नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १४४ पुगेको छ । सोही अवधिमा सङ्क्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९६८ जनाको मृत्यु भइसकेको छ । यता थप ११ हजार ५१३ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।