म्याग्दीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु, दुई घाइते

दियो पोस्ट  

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा अविरल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नवीन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले दियो पोष्टलाई जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो । साथै पहिरोमा परी घाइते भएका सोही ठाउँ बस्ने ६५ वर्षीय गोठे बिक र उनकै श्रीमती ६५ वर्षीया गोरी बिकलाई रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । पहिरोबाट ३ वटा घर र १ वटा गोठ पुरिएर क्षति भएको छ ।

सम्बन्धित खबर