६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव पक्राउ, पर्यटन व्यावसायी समेत समलग्न !

दियो पोस्ट  

काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटेलबाट उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।
उनको साथबाट सरकारी गाडी समेत बरामद भएको छ ।