काठमाडौँ । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी रहेको विषय हल्ला मात्रै भएको पाइएको छ । प्रहरीले मुम्बईबाट सुन चोरी गरि नेपाल आएको आशकामा २ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरु श्रीमान श्रीमति रहेको पाइएको छ । ती दुई जनालाई नियन्त्रणमा लिन विशेष ब्युरोका डिआइजी अशोक सिंह विमानस्थल पुगेका थिए ।
विशेष व्युरोले आतंकवाद र नक्कली नोट सम्बन्धी अनुसन्धान गर्छ । तर, सुन चोरीको अभियुक्त पक्राउ गर्न डिआइजी सिंह विमानस्थल पुग्नुलाई शंकाको दृष्टिले हेरिएको छ ।
नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति मुम्बई जाने तयारीमा थिए ।
कैलाली प्रहरीको सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
आतंकवादी नरहेको पुष्टी भएपछि नेपाल एयरलाइन्सको उक्त विमान मुम्बई तर्फ उडान भइसकेको छ ।