यी हुन् मुम्बई उड्न लागेको ‘विमान’मा आतंकवादी रहेको हल्लापछि पक्राउ परेका सुन व्यापारी

दियो पोस्ट  

काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट पक्राउ परेको व्यक्ति सुन व्यवसायमा संलग्न रहेको खुलेको छ।

सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघकोअ ध्यक्ष समेत रहेका सन्तोष लामिछाने र उनीसहित पक्राउ परेकी मीना लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेको केहीबेरमै उनकी श्रीमती मिना सिजापति लामिछानेलाई भने छाडेको छ ।

 

सुनचाँदी र उनीहरुले गर्ने अन्य कारोबारमाथि समेत शंका लागेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।

कैलालीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ। उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो। अहिले सुनचाँदी व्यवसायीहरुको टोलीसँग उनी मुम्बई घुम्न जान लागेका थिए। त्यही बेला कैलाली प्रहरीले प्रधान कार्यालयमा जानकारी गराएको थियो।

यसअघि प्रहरीले उक्त विमानमा आतंकवादी रहेको हल्ला फिजाएको थियो ।

सिफारिस