मुख्यमन्त्री बेटी बचाउ अभियानमा भ्रष्टाचार : प्रदेश सचिव भुषालसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता !

diyopost.com
दियो पोस्ट  बुधबार, साउन १८, २०७९ | १९:३९:४०

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सचिव याम प्रसाद भुषालसहितका कर्मचारी विरुद्ध मुद्दा दायर गरेको छ । सचिव भुषालले राज्यलाई १० करोडभन्दा बढी हानी पुर्याएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर भएको हो ।

‘मधेश प्रदेश जनकपुरधाम, धनुषाबाट साइकल खरिद प्रकृया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म संलग्न देहायका कर्मचारीहरु र साइकल आपूर्तिकर्ताले नेपाल सरकाररप्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एंव हानी नोक्सानी गरेको पुष्टि हुन आएको हुँदा देहायबमोजिमको सजाय र बिगोबमोजिमको जरिवाना गरी बिगो असुल उपर गर्ने मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ,’ अख्तियारको विज्ञप्तिमा भनिएको छ । सचिव भुषालसँग १० करोड ३३ लाख भन्दा बढी विगो माग गरिएको छ ।
त्यस्तै सिडिइ भगवान झालाई पनि १० करोड ३३ लाख भन्दाच बढी घोटाला गरेको अख्तियारको ठहर छ । ठेकेदार कम्पनिसहित ६ जनालाई अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सम्बन्धित खबर