काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले आगामी चुनावमा तालमेलका लागि कार्यदल बनाउन निर्णय गरेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको स्रोतले बतायो ।
स्रोतका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । कार्यदलमा को को बस्ने भन्ने दलहरुले आन्तरिक छलफल गरेर टुंग्याउने भएका छन् ।
बैठकले सरकारले हिजो चुनावको मिति घोषणा गरेकोमा स्वागत गर्दै सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आजबाट हुने जापान भ्रमणका लागि शुभकामना समेत दिएको छ ।