बाबा एजुकेशनको ‘मानव तस्करी’मा संगठित संरक्षण : सिटौलाले निकाले विज्ञप्ति !

दियो पोस्ट  

काठमाडौं । शैक्षिक परामर्शदाता कम्पनिको रुपमा दर्ता तथा अनुमति पाएको बाबा एजुकेशनले अष्ट्रेलियामा भिजिटर भिषामा खुलमखुल्ला मानव तस्करी गरिरहेको छ । यस विषयमा दियोपोस्ट डटकमले समाचार सार्वजनिक गरेपछि विचलित बनेको बाबा एजुकेशनका संचालकहरुले प्रेस काउन्सिलले जारी गरेको आचार संहिता विपरित आफ्ना खल्तीका संचार माध्यम प्रयोग गरेर खण्डन गरिरहेको छ । पछिल्लो समय यस्तो धन्दामा संगठीत रुपमा संरक्षण हुन थालेको समेत पाइएको छ ।

बाबाको धन्दा बारे नेपाल शैक्षिक परामर्श संघले मुखसम्म खोलेको छैन । तर, अष्ट्रेलियामै रहेको एउटा संगठनले भने संगठित रुपमै यो धन्दाको समर्थन गरेर विज्ञप्ति निकालेको छ । अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट्स एलाइन्स (एइका) नामक संगठनले बाबा एजुकेशनले गरिरहेको मानव तस्करीको संरक्षण हुने गरि विज्ञप्ति निकालेको छ । संस्थाले केहीदिन अघि जारी गरेको विज्ञप्तिमा बाबा एजुकेशन उक्त संस्थाको सदस्य रहेको र उक्त संस्थाको सदस्य भएकै नाताले उसले कुनै पनि गलत गतिविधि गरेको छैन । जबकी शैक्षिक परामर्शदाता कम्पनिहरुको अनुगमन निरिक्षण गर्ने अधिकार शिक्षा मन्त्रालयको अनुमतिमा नेपाल प्रहरीलाई समेत छ । तर, यो संस्थाले आफू नियामक निकायको जस्तो गरि बाबा एजुकेशनलाई सफाई दिने गरि विज्ञप्ति निकालेको छ । संस्थाको अध्यक्ष बताउने भूपाल सिटौलाद्वारा जारी भएको विज्ञप्तिमा कन्सल्टेन्सी विरुद्ध समाचार लेखे मानहानी हुने धम्की समेत दिइएको छ । यहाँसम्मकी संचार माध्यमले बाबा एजुकेशनलाई प्रश्न उठाउन समेत नपाइने विज्ञप्तिमा धम्की छ । कन्सल्टेन्सी संचालकहरुकै संस्था भएपनि यो सस्थाले बाबा एजुकेशन सम्बद्ध प्रकाशित समाचार झूटो भएको र पीत पत्रकारीता भएको ठहर गरेको छ । जबकी संचार माध्यममा प्रकाशित समाचार झूटो वा गलत भन्ने अधिकार अदालतलाई मात्रै छ ।

त्यति मात्रै होइन आगामी दिनमा पनि तस्करीबारे समाचार आए संस्थाले संस्थागत हिसाबले नै लडाईं लड्ने धम्की समेत दिइएको छ ।

झापा घर भएका सिटौला अष्ट्रेलियामै बसेर कन्सल्टेन्सी व्यावसायीमा समलग्न छन् । सामाजिक सञ्जालमा उनले भुपाल सिटौला र धिरज सिटौला भनेर दुईवटा नाम राखेका छन् ।

 

भारतीय कलाकार गोविन्दालाई देखाएर अष्ट्रेलियामा बाबा एजुकेशनको ‘मानव तस्करी’ !

अष्ट्रेलिया ‘मानव तस्करी’ गर्ने राजेन्द्रको धम्की : ‘तँ को हो हाम्रो समाचार लेख्ने, हेर्दै जा हामी के गर्छौं’