डम्बर खतिवडाको विश्लेषण,‘मंसिरपछि डा. बाबुराम राजनीतिक सन्यासमा जान्छन्, उनको समुह तितर वितर हुन्छ’

दियो पोस्ट  

काठमाडौं । जनता समाजवादी पार्टीका वौद्धिक नेता हुन् डम्बर खतिवडा । लामो समयदेखि बाबुराम भट्टराईसँगै सहकार्यमा रहेका खतिवडाले अन्तत बाबुरामको साथ छाडेका छन् । आइतबार विहान सामाजिक संजालमा लामो स्ट्याटस लेख्दै बाबुरामले खोलेको नयाँ दलबारे उनले विभिन्न बुँदामा टिप्पणी गरेका छन् ।

उनका अनुसार डा. बाबुराम भट्टराई यतिबेला महादुविधामा छन् । हिजो मात्रै डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका थिए । भट्टराईको पार्टीमा उनकी छोरी मानुषी यमि भट्टराई समेत केन्द्रीय सदस्य बनेका छन् । तर, खतिवडा लगायत बौद्धिक जमात भने टाढिएको छ । उनले चार बुँदे विश्लेषणमा डा. भट्टराई अब नेपालको राजनीतिमा विलय हुने संकेत समेत गरेका छन् ।