राजश्व अनुसन्धान विभागको मुद्दामा सेटिङ : १० लाख रुपैयाँ माग गर्ने सशस्त्रका घुमुवालाई उन्मुक्ति !

diyopost.com
दियो पोस्ट  आइतबार, साउन २२, २०७९ | १८:३०:५४

काठमाडौं । गत साउन ३० गते रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारी कालीदहमा प्रहरीले एउटा मोटरसाइकल नियन्त्रणमा लियो । लु ४३ प २६५० नम्बरको मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपालिका १३ घर भएका २० वर्षिय विष्णु यादव र मोटरसाइकलको पछाडी सिटमा सवार सोही स्थानका १९ वर्षिय अनवर मुसलमानलाई चेकजाँच जर्दा मुसलमानको हातमा रहेको पिंक कलरको प्लाष्टिकको झोला भित्र रहेको अर्को कालो झोलामा नेपाली रुपैयाँ १० लाख फेला पर्यो । तत्काल उनीहरुले रकमको स्रोत खुलाउन नसकेपछि ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लियो ।

प्रहरीमा बयान दिने क्रममा विष्णुले आफू प्रकाश यादवको छोरा रहेको बताए । मुनलाईट कलेज भैरहवामा कक्षा १२ मा अध्ययनरत उनले आफ्नो बाबुले संचालन गरेको साझा रेष्टुरेन्टमा काम गर्ने समेत बताए । तत्काल पक्राउ पर्दाका बेला उनीहरुले १० लाख रुपैयाँ कहाँबाट ल्यायौैँ र किन ल्यायौँ भनेर खुलाउन सकेका थिएनन् । तर, सरकारी वकिल समक्षको बयानमा भने उक्त रकम बुवाको अंकलले जमिन बेचेर दिएको र उक्त पैसा सशस्त्र प्रहरीका घुमुवा हवल्दार ईश्वर कार्कीलाई दिन लागेको बताए । उनले बयानमा कार्की सोही क्षेत्रको घुमुवा भएको समेत बताएका छन् । यहाँसम्मकी यादवले बयानमा आफूले चलाएको मोटरसाइकल समेत आफूहरुलाई घुमुुवा कार्कीले नै चलाउन दिएको भनेका छन् ।

प्रहरी समक्ष अनवरले दिएको बयानमा भने घुमुवा कार्कीलाई उक्त रकम दिन भनेपनि के प्रयोजनका लागि हो भन्ने थाहा नभएको बताएका छन् ।

उनीहरुको बयानपछि प्रहरीले प्रकाश यादवलाई पनि पक्राउ गर्यो उनले पनि उक्त रकम सशस्त्रका घुमुवा ईश्वर कार्कीलाई नै दिनका लागि लिएर गएको बताए । प्रहरी समक्ष कार्कीले दिएको बयानमा पनि उक्त रकम आफ्नी भाउजुको कोरोनाको उपचारका लागि सापटी लिएको बयान दिए । तर, राजश्व अनुसन्धान कार्यालय बुटवलले यादवको भ्याट नम्बरका आधारमा कम्पनिको कारोबार नियाल्न थाल्यो ।

उनको नाममा रहेको साझा रेष्टुरेन्टले भारतीय सिमा नाकाबाट विभिन्न माल सामान भित्र्याउने गरेको समेत फेला पर्यो । अनुसन्धानका क्रममा खुले अनुसार यादवले एक् करोड ८ लाख रुपैयाँ राजश्व चुहावट गरेको फेला पर्यो । तर, यो घटनामा राजश्व अनुसन्धान कार्यालय बुटवलले सशस्त्र प्रहरीका घुमुवा ईश्वर कार्कीलाई भने उन्मुक्ति दिएर अभियोगपत्र दर्ता गरेको छ ।

विभागका महानिर्देशक झलकराम अधिकारीले कार्कीलाई उन्मुक्ति दिएर मुद्दा दर्ता गराएका हुन् । जबकी १० लाख रुपैयाँ उनै कार्कीलाई दिन भनेर यादव घरबाट हिँडेका थिए ।

कार्कीको बयान बाझीयो

सरकारी अधिकारी समक्ष ईश्वर कार्कीले दिएको बयान र दियोपोस्ट समक्ष उनले दिएको बयान बाझीएको छ । सरकारी वकिल कार्यालयमा पेश भएको बयानमा कार्कीले प्रकाश यादवले सेकेण्ड ह्याण्ड मोटर साइकल किन्नु छ भनेको हुँदा उक्त मोटर साइकल किन्नका लागि सम्पर्क गराइदिएको त्यहीबेला चिनजान भएको बयान दिएका छन् । यता दियोपोस्टसँग भने कार्कीले त्यसअघि देखि नै विभिन्न समयमा भेटघाट र चिनजान भएको बताएका छन् ।

सम्बन्धित खबर