टानको निर्वाचनमा एमाले र माओवादीको गठबन्धन : साझा उम्मेदवार कमल सापकोटा

diyopost.com
दियो पोस्ट  आइतबार, साउन २२, २०७९ | १८:५२:२५

काठमाडौं । ट्रेकिङ व्यावसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोशियशन अफ नेपाल (टान)को आगानी निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहमति भएका छन् ।

 

नेपाल कम्युनिस्ट पार्टी एमालेका तर्फबाट नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठन र नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यावसयाी संगठनबीच गठबन्धन गरेर चुनावमा जाने सहमति भएको हो ।

दुई संगठनबीच सर्वसम्मत उम्मेदवारी चयन गर्ने सहमति भएको हो । टानको प्रस्तावित अध्यक्षमा भिटोफ नेपालका पूर्व अध्यक्ष तथा पर्यटन व्यावसायी कमल सापकोटालाई अघि सार्ने सहमतिमा उल्लेख छ ।

साउन २० मा होटल ईन्काउन्टरमा दुई पक्षबीच सहमति भएको हो । सहमति पत्रमा माओवादी निकट पर्यटन व्यावसायीको तर्फबाट संयोजक नवराज दाहालले हस्ताक्षर गरेका छन् । त्यस्तै एमाले निकट राष्ट्रिय पर्यटन व्यावसायी संगठनको तर्फबाट ईन्चार्ज सिएन पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित खबर