काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महासाखाले ट्राफिक नियम उलंघनको घटनामा एकै दिन २७६७ जनालाई कारबाही गरेको छ ।
महासाखाका अनुसार आइतबार मात्रै यतिका संख्यामा कारबाहीमा परेका हुन् । विवरण अनुसार मादक पदार्थ सेवन गरि सवारी साधन चलाएको अभियोगमा १ सय १९ जनालाई कारबाही भएको छ । त्यस्तै लेन अनुशासन उलंघन गरेको घटनामा ९६ जनालाई कारबाही भएको छ । रेडलाइटमा सवारी नियम उलंघन गर्ने १ सय जना कारबाहीमा परेका छन् ।
नम्बरप्लेट नबुझ्ने गरि सवारी लिएर हिँड्ने ३६ जना कारबाहीमा परेका छन् । अन्य सवारी नियम उलंघन गर्नेको संख्या २४१६ रहेको छ ।