चेक बाउन्स भएको भन्दै एक व्यक्ति विरुद्ध उच्च अदालत पाटनले म्याद जारी गरेको छ । खोटाङ घर भएका किसन राई विरुद्ध म्याद जारी भएको हो । वादीहरु श्याम दाहाल र बसन्त राईले मुद्दा दायर गरेको भन्दै अदालतले म्याद जारी गरेको हो । तर, आरोपी किसनले भने आफूहरुको मिलापत्र भइसकेको र लेनदेन समेत मिलिसकेको अवस्थामा अदालतले म्याद जारी गरेको आरोप लगाएका छन् ।
उनले केही कागजात समेत उपलब्ध गराएर अदालतले म्याद जारी गर्नु नै गलत रहेको बताएका हुन् ।
यस्तो छ कागजात