पर्सा । सशस्त्र प्रहरीले बीरगंजमा गाँजा सहितक भारतीय ट्रक बरामद गरेको छ ।पर्सा जिल्लाको बीरगंज महानगरपालिका २४ ड्राईपोर्ट परवानीपुर सडकखण्डस्थित बहुअरी चोकबाट साउन २४ गते राति सशस्त्र प्रहरीले करीब १ सय ४४ के.जी गाँजा बरामद गरेको हो ।
सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्रप्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले उल्लेखित गाँजा बरामद गरेको हो ।सशस्त्र प्रहरीले सो ट्रकमा शंका लागि जाँच गर्दा छतमा लुकाई छिपाईराखेको अवस्थामा उक्त परिणाममा रहेको गाँजाको १० वटा प्याकेट फेला परेको थियो ।बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।