काठमाडौँ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सपथसम्बन्धी विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको बैठकमा सो विधेयक बहुमतले पारित भएको हो ।
सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद तथा गोपनीयताको सपथ लिने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले संघीय संसदले सो ऐन बनाएको हो । नयाँ ऐन कार्यान्वयनमा आएपछि अब सपथ खानेले ईश्वरको नाममा वा देश र जनताको नाममा सपथ खान सक्ने विकल्प राखिएको छ । यसअघि खाने सपथमा ईश्वरको नाममा मात्र सपथ लिने व्यवस्था थियो ।