‘कतार प्रहरी ठगीबारे’ समाचार लेखेको भन्दै दियोपोस्टकर्मीलाई श्रम मन्त्रीका पिएको धम्की !

दियो पोस्ट  

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरका स्वकिय सचिव हुँ भन्दै एक व्यक्तिले दियोपोस्टकर्मीलाई धम्की दिएका छन् ।

कतार प्रहरीमा जागिर लगाइदिने भन्दै अल ताक्वेत म्यानपावरले जनही १५ लाख रुपैयाँ उठाएर ठगी गरिरहेको भन्दै दियोपोस्ट डटकमले समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि वैदेशिक रोजगार विभागले उक्त म्यानपावरमा छापामारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

उक्त म्यानपावरले मन्त्री कुँवरलाई नै सेटिङ मिलाएर ठगी गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रकाशित समाचारलाई लिएर ती व्यक्तिले धम्की दिएका हुन् । मन्त्री कुँवरका स्वकिय सचिव बताउने बम धामीले शुरुमा म्यानपावर सम्बन्धी सुचना तथा प्रमाणहरु माग गरेका थिए । आफूहरुले उक्त म्यानपावरलाई छानबीन गर्ने र कारबाही गर्नका लागि सबै प्रमाण दिन भन्दै केहीदिनसम्म उनी पछि परेका थिए ।

दियोपोस्टकर्मीले प्रमाण दिने काम मिडियाको नभएको र वैदेशिक रोजगार विभागले छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएकोले उतै सम्पर्क गर्न अनुरोध गरेको थियो । ‘हामीले उक्त म्यानपावरलाई कारबाही गरिसक्यौँ’ भन्दै फोन गरेका उनलाई दियोपोस्टकर्मीले छापा हान्ने वित्तिकै कारबाही नहुने कारबाहीका लागि अदालत वा कुनै निकायमा अभियोगपत्र दर्ता हुनुपर्ने होइन र भन्ने प्रति प्रश्न गरेको थियो । त्यसको भोलीपल्ट उनले दियोपोस्टकर्मीलाई फेरी फोन गरेर उक्त म्यानपावरसँग मन्त्री कुँवरको साँठगाँठको प्रमाण दिन भन्दै धम्की दिन थालेका थिए ।

‘तपाईंले बिना प्रमाण मन्त्रीको फोटो हालेर किन समाचार लेख्नु भयो ? के छ प्रमाण दिइहाल्नुस्,’ उनले यसो भनेपछि दियोपोस्टकर्मीले प्रमाण माग्ने निकाय तपाईंहरु नभएको भन्दै सम्झाउने प्रयास गरेको थियो । त्यसपछि आक्रोशित भएका उनले ‘म मन्त्रीको स्वकिय सचिव हुँ । प्रमाण दिनुस् मलाई । तपाईंको विषयमा म बुझ्छु,’ भन्दै धम्की दिएका हुन् ।

 

दियोपोस्ट समाचार प्रभाव : कतार प्रहरीको नाममा ठगी गर्ने अल ताक्वेतमा विभागको छापा !

दियोपोस्ट समाचार प्रभाव : कतार प्रहरीको नाममा ठगी गर्ने अल ताक्वेतमा विभागको छापा !