ज्‍यान मार्ने मुद्दाका फरार २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–५ घर भएका ३० वर्षीय सागर प्रकाश श्रेष्ठ र नुवाकोटको बिदुर नगरपालिका–५का ३३ वर्षीय प्रमोद बोगटी (आकाश) रहेका छन् ।

चन्द्रगिरी नगरपालिका–७ थानकोट चेकपोष्टस्थित राजु खाजा घर सञ्‍चालन गरी बसेका राजु केसीलाई गत साउन २४ गते आक्रमण गरी टाउको लगायतका शरीरका अन्य बिभिन्न अङ्गमा चोट पुर्याई घाइते बनाएका थिए ।

तत्कालै प्रहरी बृत्त थानकोटबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली खटिई बेहोस अबस्थामा रहेको निज घाइतेलाई घटनास्थलबाट उद्दार गरी उपचारको लागि अस्पतालमा लगिएको थियो ।

घटनाका सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाण्डौ, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी बृत्त थानकोटबाट संयुक्तरुपमा अनुसन्धान अधिकृत अधिकृतसमेत परिचालन गराई अनुसन्धान शुरु गरिएको थियो।

अनसन्धानका अनुसार  फरार भएका उनीहरुलाई पहरीले नागर्जुन र बाफलबाट नियन्त्रणमा लिइएको हो । घाइते राजु केसीले सञ्चालन गरेको खाजा पसलमा खाजा खान जाँदा बिबाद भएको र सोही बिबादलाई रिसिईवी बनाई ज्यान मार्ने योजना बनाएको खुलेको छ ।