पितृसत्तात्मक समाजको चस्मामा केटीहरुको शरीर

- रितीका श्रीवास्तभ  

पितृसत्तात्मक समाज र परिवारका लागि केटीहरू सुन्दर हुनु धेरै महत्वपूर्ण मानिन्छ । त्यसका साथै शरीरका सबै अंगहरू ठीकसँग काम गर्नुपर्छ भन्ने मान्यतालाई आवश्यक ठानिन्छ । चश्मा नलगाएको, दुवै हात बराबर हुनु, दुबै हातको प्रयोगले सबै काम गर्न सक्ने, दुबै खुट्टाले समान हिड्ने, दौडनु, बराबर उभिनु, नाक लामो हुनु, आँखा ठुलो हुनु आदि पर्दछन् ।

केटीको शरीरका हरेक अंगलाई ‘सामान्य’ ढंगले काम गर्ने र ती अंगलाई समाजअनुसार सुन्दर बनाउन– परिवार र समाजले बनाएका पितृसत्तात्मक ढाँचा हुन् । यदि केटीहरु यो पितृसत्तात्मक ढाँचामा फिट हुँदैन भने समाज र उसको परिवारले उसलाई निकृष्ट देख्छ अर्थात् केटीमा कमजोरी छ वा केटीमा कमी छ भन्ने अर्थ लगाँउछ ।

त्यसपछि यी कमजोरीहरू पूरा गर्न केटीहरु हरसम्भव प्रयास गर्छन् । किनभने यी कमीहरूले समाजको पितृसत्तात्मक ढाँचा अनुसार केटीले उपयुक्त र योग्य श्रीमान पाउन असम्भव छ । यसरी समाजले ती बालिका (जसको अंग समाज र परिवारअनुसार ‘सामान्य÷ठिक’ छैन) र उनीहरुको जीवन आफैले बनाएको पितृसत्तात्मक ढाँचामा सिमान्तकृत गर्छ ।

अचानक कसैको हातले काम गर्न छाड्नु, दुर्घटना हुनु र केटीको खुट्टा गुम्यो वा अन्य कुनै कारणले बालिकाले बाल्यकालदेखि नै देख्न नपाउने वा समाजले बनाएको चलनअनुसार हिँड्न नसक्ने अवस्थामा केटीलाई सधैं विवाह हुँदैन भन्ने कुरा महशुस गराइन्छ । पितृसत्तात्मक ढाँचामा बाल्यकालदेखि नै केटीलाई विवाहको लागि तयार गरिन्छ र केटीहरूलाई विवाह गर्न आवश्यक छ भन्ने कुरा सिकाइन्छ ।

केटीहरूलाई “तिमीमा कमजोरी छ, तिम्रो यो भागले वा अङले काम गरिरहेको छैन,

त्यसैले आफ्नो अनुहारको सौन्दर्य र घरको काममा पहिलो हुनुपर्दछ” भनेर सिकाइन्छ ।

बारम्बार केटीलाई आफ्नो अनुहार, उचाइ, तौल, कपाल, रंग र गुणहरूमा बढी ध्यान दिनु पर्ने बताइन्छ ।

किनभने केटीहरुको जीवनको एउटै लक्ष्य विवाह हो र विवाहको लागि आफूलाई सुन्दर राख्न आवश्यक छ । वास्तवमा केटीलाई कस्तो पार्टनर चाहन्छिन् वा पार्टनरको व्यवहार कस्तो छ, यी सबै कुराहरू पछाडि छोडिन्छन् । केटीको विवाह गरिदिएपछि परिवारलाई उनको ठूलो जिम्मेवारी सकिएको महशुस र सन्तुष्टि प्राप्त हुन्छ । बिहेपछि केटीहरूलाई केटीको जीवन र उसलाई आउने समस्याबारे पनि यस्तो तालिम दिइन्छ कि बिहेपछि श्रीमानको घर नै उसको घर हो । र, केटीहरुले अब सबै सुख–दुःख श्रीमानको घरमा एक्लै काट्नुपर्छ भन्ने कुरा सहजै बुझ्छन् ।

शरीरको कुनै पनि अंगको ‘सामान्य÷ठीक’ तरिकाले काम नगरेमा त्यसको लागि पनि जिम्मेवार केटीहरुलाई नै ठानिन्छ । समाजका अनुसार केटीको कुनै पनि अङ्गले काम नगर्नुको अर्थ केटी अभागी हुनु हो । साथै, यही कारणले केटीको विवाह नहुदाँ परिवारले मन पराउँदैन । जब परिवार वा समाजलाई केटीको पक्षमा उभिनुपर्छ, तब उनीहरू आफैंले केटी र उसको शरीरलाई विवाहको चस्माले हेरेर मानव जीवन, उसको अधिकार र इज्जत हनन गर्छन् ।

पितृसत्तात्मक समाजको संरचनामा केटीहरूलाई सजिलै भनिन्छ कि विवाह उनीहरूको जीवनको महत्त्वपूर्ण चरण हो । विवाह एक यस्तो चरण हो, जसबाट सबैले गुज्रनुपर्छ र विवाह बिनाको जीवन र सुखको कल्पना केटीहरूको जीवनबाट हटाइन्छ । र, अन्त्यमा सौन्दर्य, शरीर, लामो कपाल, उचाइ, ‘सामान्य÷राम्रो’ अंगहरू भएकाहरुको जित हुन्छ भन्ने सिकाइन्छ । समाज र परिवारले ‘सामान्य’ बाहेक सबैलाई अस्वीकार गर्दछ । र, साथमा अस्वीकार गरिन्छ, सामान्य केटी र केटीको जीवनलाई पनि जो सामान्य छ ।

यदि केटीको शिक्षाको कुरा गर्ने हो भने शरीरको ‘सामान्य÷ठीक’ अंग नभएको कारण धेरैजसो परिवारले केटीलाई उसंग जे छैन त्यही कमीलाई महशुस गराउने गर्छन् । यस्तो अवस्थामा केटीहरुको शिक्षाप्रति निकै कम परिवार गम्भीर हुन्छन् । केही समयमा यस्तो अवस्था बन्छ, केटीहरुलाई आत्मागलानी र हीन भावनाहरु भरिदिनछन् र शिक्षामा सफलता नपाएको आरोप पनि लगाइन्छ । परिवारका सदस्यहरूले प्रयोग गर्दै र सधैं तिनीहरुलाई अरू केटीहरूसँग तुलना गर्छन् । अन्ततः केटीलाई पनि शरीर, रंग, रूप, कद समाज र परिवारले त्यही नै मन पराँउछ भन्ने महसुस हुन् थाल्छ । जे होस्, केटीहरूले आफ्नो वरपरबाट एउटै अनुभव पाउँछन् कि शरीर शिक्षाभन्दा माथि छ । सुन्दर शरीर, वर्ण, रूप र उचाइले उच्च र धनी घरमा विवाह गर्ने सम्भावना बढी हुन्छ । यसरी शिक्षाको अवसर र राम्रो जीवनको परिभाषा जसमा सोच, चेतना र विकास छ, त्यसलाई पितृसत्तात्मक समाजले शरीरसम्म सीमित गरिदिन्छ ।