काठमाडौं । काठमाडौं शहर देशको राजधानी मात्रै होइन । विभिन्न वैध र अवैध धन्दाको केन्द्र समेत हो । दलालहरुले यो शहरमा विभिन्न दुई नम्बरी कारोबार गरिरहेका छन् । त्यसको सुचना राज्यका ठूला निकायमा समेत हुन्छ । तर, उनीहरु देखे नदेखेझैँ गर्छन् । पछिल्लो समय एउटा ढुंगा खरिदका लागि भारतीय नाका हुँदै एउटा समुह नेपालसम्म आइपुगेको छ । ‘नेचुरल एगेट’ भनिने यो लिक्वीड स्टाेन ५ अर्बभन्दा बढीमा खरिदका लागि डिल चलिरहेको छ ।
त्यसका लागि विभिन्न ल्याबमा परिक्षण गर्न वैज्ञानिकहरुको समुहले समेत ध्यान दिएको छ ।
उक्त ढुंगा भित्र हुने ५० देखि ७० एमएलको लिक्वीड निकै महँगो हुने उनीहरुको दाबी छ । राजनीतिक पहुँच भएका एक व्यक्तिले आफ्नो घरमा कब्जा गरेको उक्त स्टाेन किन्न दलालहरुको ठूलो समुह सक्रिय छ ।
विदेशीहरुले उक्त स्टाेनलाई के कस्तो काममा प्रयोग गर्छन् भन्ने त खुलेको छैन । तर, दियोपोस्टलाई स्रोतले स्टाेनको फोटो र ल्याव परिक्षण कागजात समेत उपलब्ध गराएको छ ।
उक्त स्टाेनबारे भारतमा रहेको इन्द्र प्रस्थ जिमोलोजिकल ल्याब्रोटोरीजले समेत प्रमाणित गरेको उनीहरुको दाबी छ । यो पत्थर परिक्षण गर्ने उक्त ल्याबलाई आइएसओ ९००१–२००८ को मान्यता समेत रहेको उनीहरुको दाबी छ ।
यो पत्थरलाई चीन, बेलायत, जर्मन र अमेरिकामा अर्बौं मुल्य पर्ने स्रोतको दाबी छ ।