मिटरब्याजी शाहद्वारा पीडितलाई ज्यानमार्ने धम्की !

- फूलमती  

 

 

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिकाका मिटरब्याजी रघुबिर साहले आफु विरुद्ध उजुरी दिएको भन्दै पिडितको घरमा पुगेर ज्यान मार्ने धम्की दिएका छन् ।

मिटरब्याजी साहले पिडित रामबाबु साहलाई कुटपिट गर्ने र ज्यान मार्ने समेत धम्की दिएका छन् ।

 

शाहले आफुलाई प्रधानमन्त्री नै आए पनि केहि गर्न नसक्ने भन्दै उजुरी फिर्ताका लागि पीडितलाई दबाब दिएका छन ।

मिटरब्याजबाट पीडितहरुको लामो आन्दोलन पछि सरकारले मिटरब्याजी विरुद्ध अनुसन्धान गर्न कार्यदल गठन गरेको थियो ।

पीडितलाई भदौ ५ भित्र प्रमाणसहित उजुरी गर्न कार्यदलले आग्रह गरेको छ ।

भंगहा नगरपालिकाका पिडितले मिटरब्याजी रघुबिर साह लगायतका विरुद्ध उजुरी दिएका थिए ।