दार्चुलामा जीप दुर्घटना , ५ जनाको मृत्यु

दियो पोस्ट  

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । साथै जीपमा सवार चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी जितेन्द्रकुमार पालले जानकारी दिए ।