दार्चुला जीप दुर्घटनाः घाइतेको संख्या ९ पुग्यो, ५ को मृत्यु

दियो पोस्ट  

दार्चुलामा बुधबार एउटा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार गोकुलेश्वरबाट सदमुकामतर्फ आइरहेको से १ ज ५५१ नम्बरको जिप बुधबार अपरान्ह सवा ४ बजेतितर शैल्यशिखर नगरपालिका–६ मा दुर्घटनामा परेको हो।

घुम्तीमा दुर्घटना भएको जिप सडकबाट झन्डै ५ सय मिटर तल खसेको छ। दुर्घटनामा एक महिला र चार पुरूषको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

घाइतेहरूको गोकुलेश्वरमा रहेको अस्पतालमा उपचार भइरहेको छ। जिपका चालक पनि घाइते छन्।

सम्बन्धित खबर