हर्क साम्पाङ र बालेन साहबीच सामाजिक सञ्जालमा दोहोरी !

दियो पोस्ट  

काठमाडौं । सामाजिक सञ्जालमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच ब्याटल चलेको छ ।

सामाजिक सञ्जालमा निकै सक्रिय हर्कले बालेनलाई व्यङ्ग्य गर्दै आफू काठमाडौं आएपछि मात्रै काठमाडौंको फोहोर व्यवस्थापन हुन थालेको दाबी गरेका थिए । उनको दाबीलाई काउन्टर गर्दै यता काठमाडौंका मेयर बालेन शाहले हर्कको फेसबुकमै कमेन्ट गरेका छन् ।

‘अँ मैले तपाईंकै चुनाव चिन्ह लौरो लिएर चुनाव जितेको हुँ’ भन्ने जवाफ बालेनले दिएका छन् ।

बालेनको प्रतिक्रियापछि क्रुद्ध बनेका साम्पाङले फेरी अर्को स्ट्याटस लेखेका छन्,‘आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा’ ।