माओवादी केन्द्रले आज पनि टुंग्गो लागाउन सकेन पदाधिकारी

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । पार्टी कार्यालय पेरिशडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकमा पदाधिकारी चयन गर्ने र समसामयिक राजनीतिक विषयबारे छलफल भएको थियो।

माओवादीले पदाधिकारी टुंग्याउने भने पनि आज पदाधिकारीको टुंगो लाग्न नसकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन। शनिबार पुनःस्थायी समिति बैठक बस्ने छ ।