रहेनन् कांग्रेस नेता प्रदीप गिरी

दियो पोस्ट  

काठमाडौँ, ४ भदौ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधन भएको छ । ललितपुरको भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत ७५ बर्षीय गिरीको शनिबार राति ९स्३६ बजे निधन भएको अस्पतालका सीईओ बिजय रिमालले पुष्टि गरे ।

विगत तीन साता देखि मेडिसिटीमा उपचार भइरहेको डा गिरीलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आईसीयूमा राखिएको थियो ।

लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनलाई पुन समस्या देखिएपछि मेडिसिटी भर्ना गरिएको थियो । उनी घाँटीको क्यान्सरबाट पीडित थिए ।