कसरी सुरु भएको थियो पृथ्वीमा जीवनको कथा ?

दियो पोस्ट  

लेखकः सुप्रीत सैनी

अनुवादः खुमा ओली

हामी अक्सर सोच्छौ, के यो विशाल ब्रह्माण्डमा अन्त कतै जीवन छ ? यदि छ भने के त्यहाँका जीव हामी जस्तै देखिन्छन् होला ? के तिनीहरुलाई सम्पर्क गर्न सम्भव छ ? मलाई लाग्छ कि यी धेरै गाह्रो प्रश्नहरु हुन् । हामीले लामो समयसम्म जवाफ नपाउन सक्छौं । सायद कहिल्यै पनि । तर यहाँ म हाम्रो पृथ्वीमा जीवन कहिले सुरु भयो भन्ने कुरा गर्न चाहन्छु ।

 

पृथ्वीको आयु लगभग चार सय पचास करोड वर्ष अनुमान गरिएको छ । भनिन्छ, ‘मानव मस्तिष्कले समय र अन्तरिक्षको विशालताको कल्पना गर्न संघर्ष गर्छ ।’ यी चार सय पचास करोड वर्षमा जीवनको सुरु कहिले भयो ? जीवनको प्रारम्भमा पुग्न सजिलो भएको भए पृथ्वीको उत्पत्तिपछि नै जीवन सुरुवात हुने थियो । तर यदि जीवनको सुरुवातमा पुग्नको यात्रा कठिन थियो भने, पृथ्वीमा जीवन सुरु हुन धेरै समय लाग्यो होला ।

आज हामीलाई थाहा छ कि जीवन लगभग चार सय करोड वर्ष पहिले शुरु भएको थियो । यो कहाँ भयो भन्नेबारे वैज्ञानिकहरुको विभिन्न सिद्धान्तहरु छन, तर सबैभन्दा प्रभावशाली विश्वासहरु मध्ये एक हो कि जीवन समुद्रको सतहबाट सुरु भयो ।

हाम्रो अनुमानले जीवनसम्म पुग्ने यात्रा पृथ्वीमा चाँडै सम्पन्न भएको बताउछ । यो यसकारण पनि छ किनकी पृथ्वीको निर्माण पछि हाम्रो ग्रहको सतहमा लामो समयसम्म उथलपुथल चलिरहयो । यसैबीच तातो पग्लिएको धातु र हावा चलिरह्यो । यस्तो वातावरणमा कार्बनमा आधारित जीवन फस्टाउन असम्भव थियो ।

जब पृथ्वीको तापक्रम घट्यो त्यतिबेला मात्र जीवनको सुरुवात सम्भव थियो । सोच्यो भने जीवनको उत्पती सजिलो छ जस्तो लाग्छ । यदि यो पृथ्वीमा सजिलो गरि जीवनको सुरुवात भएको हो भने, यो ब्रहाण्डमा पनि अन्यत्र सजिलो भएको हुनुपर्छ । मलाई लाग्छ कि यो सोच्नु ठीक छ । तर त्यसपछि पृथ्वीमा जे भयो, त्यस प्रश्नले अलि जटिल बनाउँछ ।

 

पहिलो जीव जुन पृथ्वीमा आए तिनीहरुलाई अंग्रेजीमा प्रोकैरेयोट भनिन्छ । यी जीवहरुमा न्यूक्लियस हुँदैन र हाम्रो कोशिकाहरु भन्दा यिनीहरु धेरै सरल हुन्छन् ।

ब्याक्टेरिया प्रोकारियोट प्रकारका हुन्छन । यी ब्याक्टेरियाहरु तिनै हुन् जसलाई हामीले मार्न एन्टिबायोटिक खान्छौं । जब पृथ्वीमा जीवनको आविष्कार भयो , दुई प्रकारका प्रोकारियोटहरु देखा प¥यो । एउटाका नाम ब्याक्टेरिया र अर्काे आर्किया ।

यी दुई प्रकारका कोषहरु साधारण छन् र यी दुवैले ४ सय करोड वर्षअघि पृथ्वीमा आएपछि आफ्नो प्रभुत्व जमाएका थिए । यो करिब दुई सय करोड वर्षसम्म चल्यो । यति लामो अन्तरालपछि एक आर्कियाले एक ब्याक्टेरियालाई आफूमा समाहित ग¥यो । यो घटना कहिले र कसरी भयो भन्ने बारे आज पनि अनुसन्धान जारी छ । आज यो घटनाको विवरण हामीलाई थाहा छैन ।

 

तर यो एउटा घटनाले पृथ्वीमा जीवनको दिशा बदलिदियो । आर्कियाभित्र ब्याक्टेरियाको प्रवेशका कारण एक युकेरियोट कोषको जन्म भयो । हामीले हाम्रो वरपरि जति प्रजातिहरु देख्छौं, ती सबै प्रजातिहरु जस्तैः रुख, बोटविरुवा, जनावर, चरा र हामी स्वयंम पनि त्यो युकेरियोट शेलको परिणाम हौं ।

 

आर्कियाभित्र ब्याक्टेरियाको विकासको प्रक्रियापछि एक कोशिकाको केन्द्र बन्यो । जहाँ कोशिकाको ऊर्जा उत्पादन हुन्छ । यस्तो हुनु पृथ्वीमा जीवनका लागि एक महत्वपूर्ण कदम थियो । यो एउटा घटनाले एक कोशिकामा जति ऊर्जा थियो, त्यो धेरै बढ्यो । र सोही कारण मानिसजस्ता जटिल जीवहरु पृथ्वीमा आउन सम्भव भयो ।

तर यस्तो हुनुमा दुई सय करोड वर्ष किन लाग्यो ? यो प्रश्नको कुनै पनि सहज जवाफ छैन । यदि ब्रहाण्डको अन्य ठाउँमा जीवन भएको भए के त्यहाँ पनि यति नै समय लाग्यो होला ? वा त्यहाँ यस्तो पनि भएको होला ?

वास्तवमा पृथ्वीमा जीवनको यो अत्यन्त महत्वपूर्ण घटना कुन परिस्थितिमा भयो हामीलाई थाहा छैन ।

यो घटनामा दुई सय करोड वर्षको अन्तरालको कति ठूलो योगदान छ र यो कति भाग्यशाली छ भन्ने रहस्य खोल्न अझै केही समय लाग्ने छ ।

पृथ्वीमा जीवन शुरुवातको अर्काे कथा

करिब ६५ करोड वर्षअघि मेक्सिकोमा उल्कापिण्ड खसेको थियो । उल्कापिण्ड खसेका कारण पृथ्वीमा आएको प्रकोप, र यसले निम्त्याएको विनाशको शिकार मध्ये एक डायनोसर पनि थियो । फलस्वरुप डायनासोर पृथ्वीबाट लोप भयो । तिनीहरुको लोपले पृथ्वीमा प्रभुत्व जमाउने प्रजातिको लोप भयो । यस कारण धेरै प्रजातिहरुले आफ्नो प्रभाव पार्ने अवसर पाए ।

 

यही घटनाको कारणले गर्दा मानिसको पुर्खाको प्रजाति फस्टायो र फलस्वरुप लगभग ६ करोड ६५ लाख वर्षपछि हामी पृथ्वीमा एक प्रमुख प्रजाति हौँ । यदि ६ करोड ६५ लाख वर्ष पहिले त्यो उल्का पिण्ड पृथ्वीमा नखसेको भए मलाई लाग्छ पृथ्वीमा जीवनको कथा अर्कै हुने थियो ।

द वायरबाट