गाँजाजस्तो देखिने १२ किलो पदार्थसहित नागढुङ्गाबाट ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । गाँजा जस्तो देखिने पदार्थसहित नाथढुंगाबाट तीन जना पक्राउ परेका छन् । आइतबार त्रिशुलीबाट काठमाडौंतर्फ आउदै गरेको बा.५ ख ८२३५ नं.को यात्रुवाहक बसमा चेकजाँच गर्दा सोही पदार्थ भेटिएको हो ।

पक्राउ पर्नेमा काभ्रे चौबास गाउपालिका–८ की ५१ वर्षीया बिमला गुरुङ,  गल्छि गाउपालिका–१ धादिङका २९ वर्षिय सरोज कुमार राई र सोही ठाँउका २२ वर्षीय रविन मगर रहेका छन् ।

उनीहरुलाई प्रहरी प्रभाग नागढुङ्गाबाट ड्यूटीमा खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । आइतबार धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख २८८३ नं. को सरोज कुमार राईले चलाई ल्याएको र नविन मगर सहचालक भएको मालबाहक टिप्परभित्र लागु औषध फेला परेको हो ।

पक्राउ परेका ३ जनामाथि लागु औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको छ ।