बेलायत र नेपालबीच श्रम सम्झौतामा हस्ताक्षर, नेपाली नर्स पठाउने बाटो खुल्यो

दियो पोस्ट  

काठमाडौं । बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउन सम्झौतापत्रमा दुई देशका सरकारी प्रतिनिधिबीच हस्ताक्षर भएको छ ।

नेपाल र बेलायतबीच जीटूजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हस्ताक्षर भएको हो । श्रम सम्झौता नेपाल सरकारका तर्फबाट श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायत सरकारको तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले हस्ताक्षर गरे ।

नेपालबाट नर्स मात्र नभई ल्याब असिस्टेन्ट, अनमी, बीएन, फार्मेसिस्टलगायत पनि पठाउने गरी श्रम सम्झौता भएको मन्त्रालयले जनाएको छ ।