‘डन हुँ’ भन्दै चर्को मिटर ब्याज लगाउने नामुद मिटरब्याजी धिरज वली पक्राउ

दियो पोस्ट  

काठमाडौं । महानगरीय प्रहरी परिसरले विभिन्न आपराधिक क्रियाकलापमा समलग्न धिरज वलीलाई पक्राउ गरेको छ । आफूलाई गणेश लामाको मान्छे बताउँदै आएका वलीलाई राजधानीको कोटेश्वरबाट पक्राउ गरिएको हो ।
एक व्यक्तिलाई मिटर ब्याज लगाई विभिन्न आपराधीक धम्की दिँदै रकम असुली गरेको उनीमाथि आरोप छ । उनले एक पीडितलाई २३ लाख रुपैयाँ ऋण दिएर एक करोड ४१ लाख रुपैयाँ असुली गरेपछि पनि विभिन्न धम्की दिने र उक्त पीडितले सञ्चालन गरेको गहना पसलमा गहना समेत चोरी गरेर लाने गरेको स्रोतले जनाएको छ ।

शंखमुलस्थित एक प्रत्यक्षदर्शीका अनुसार ओलीले आफूलाई गुण्डा नाइके तथा कांग्रेस प्रदेश सभा उम्मेदवार गणेश लामाको मान्छे हुँ भन्दै आएका थिए । तर, लामालाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा आफ्नो चिनजान समेत नभएको र पीडितलाई उजुरी दिन समेत सल्लाह दिए । ‘मैले नाम समेत सुनेको छैन । फटाहहरुले मेरो नाम लिएर हिँड्दा रहेछन् । त्यसलाई तुरुन्छ उजुरी दिन पर्यो । बरु म पनि सहयोग गर्छु,’ लामाले भने,‘धिरज भन्ने मान्छेसँग मेरो कुनै चिनजान छैन ।’

वलीले पीडितको चेक समेत लिएर बाउन्स गर्छु भन्दै धम्काउँदै आएको पीडितका एक आफन्तले बताए ।

सम्बन्धित खबर