मृतकलाई जिवित बनाएको दावी गर्ने पास्टर राजेन्द्र गोतामे पक्राउ

diyopost.com
दियो पोस्ट  सोमबार, भाद्र ०६, २०७९ | १५:२३:२३

बुटवल । मृत मानिसलाई जिवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा  पास्टर राजेन्द्र गोतामे पक्राउ परेका छन् । बुटवलको होली क्यालभरी चर्चका पास्टर कञ्चनपुरका ३५ वर्षीय  गोतामे सोमबार दिउंसो बुटवलबाट पक्राउ परेका हुन् । गोतामेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।

विवेक सत्यालको नामबाट आइतबार सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा बुटवलको होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ ।

यस्तो भिडियो भाइरल भएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अनुसन्धानका लागि आदेश दिएको थियो । प्रशासनको आदेशपछि ईलाका प्रहरी कार्यालय बुटवलले भिडियो सार्वजनिक गर्ने व्यक्तिको फेसबुक एकाउन्टका आधारमा अनुसन्धान सुरु गरेर गोतामेलाई पक्राउ गरेको हो ।

सम्बन्धित खबर