काठमाडौं । व्यवसायी अजय सुमार्गीको नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल)को अनुमति पत्र खारेज भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै खारेज गरेको हेलो नेपाल खारेज नगर्न उसले सरकारलाई अपिल गरेको थियो । सूचना प्रविधि तथा सञ्चार मन्त्रालय पुगेको अपिल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको थियो ।
दूरसञ्चार प्राधिकरणको निर्णय चित्त नबुझेर सरकार गुहारेका सुमार्गीको टेलिकम अन्ततः खारेजीमा परेको हो । हेलो नेपालले अघिल्लो आर्थिक वर्ष २०७७–७८ को बक्यौता रकम करिब ३२ करोड रुपैयाँ तिर्न आनाकानी गरिरहेको थियो । बक्यौतामा समस्या भएपछि प्राधिकरणले गत मंसिरमा अनुमति पत्र खारेज गरेको थियो । तर उसको निर्णय चित्त नबुझेपछि हेलो नेपालले सरकार गुहारेको थियो ।