बन्दको मौका छोपी बिमा रकमका लागि आफ्नै टिप्परमा आगजनी, चालक सहित २ जना पक्राउ

दियो पोस्ट  

दाङ । दाङमा बिमा रकमका लागि दलले आह्वान गरेको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । घोराही – लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ।

विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उनले बताए ।