काठमाडौं । निर्वाचन घोषणापछि संगठन तथा व्यवस्थापन प्रतिवेदन विपरित हतार हतारमा गोरखापत्रको बढुवाको फाइल अगाडि बढाइएको छ । निर्वाचन घोषणा भइसकेको अवस्थामा हतार गरि दशै अघि नै बढुवा खोल्ने योजना सहित फाइल अघि बढाएपछि मन्त्रालयले गोरखापत्र व्यवस्थापनको नियतमाथि चासो राखेको छ । सो चासोसहितको पत्र हामीलाई प्राप्त भएको छ ।
भर्खरै गोरखापत्र विनियामवली संशोधन गरिएको र सो विपरित बढुवाका लागि दरबन्दी व्यवस्था गरिएको भन्दै मन्त्रालय पठाइएको संगठन संरचना तथा कर्मचारी दरबन्दी वितरणमाथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फाइल फिर्ता पठाएको छ । त्यति मात्र होइन मन्त्रालयबाट जनशक्ति समेत पठाएर छानविन थालेको छ ।
भर्खरै पारित संगठन तथा व्यवस्थापन प्रतिवेदन र संशोधित नियमावली विपरित शाखा, विभागमा दरबन्दी राखिएपछि मन्त्रालयले प्रश्न उठाएको छ । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीको अध्यक्षतामा गठन गरिएको संगठन संरचना तथा दरबन्दी पुनरावलोकन उपसमितिले सम्बद्ध निकाय र गोरखापत्रका सरोकार निकायसँग कुनै सरोकार नराखी हतार हतार मन्त्रालयमा दरबन्दीको फाइल पठाएको थियो । मन्त्रालयबाट खटिइआएका छानविन समितिमाथि समेत अनैतिक दवाव सिर्जना गरि गोरखापत्र व्यवस्थापनले दरबन्दी पारित गराउने अन्तिम कसरथ गरिरहेको छ । निर्वाचन घोषणा भइसकेको अवस्थामा यसरी हतारमा विना तयारी बढुवा अघि बढाइनुले गोरखापत्र कर्मचारी सशंकित बनेका छन् । गोरखापत्रमा करिव दुई मानिस भर्ती गरि संस्थानलाई कङ्गाल र भर्ती केन्द्र बनाउने तयारी व्यवस्थापनको छ । संस्थानमा नयाँ व्यवस्थापन आएपछि फरक विचार राख्ने पत्रकारलाई हटाउने र कार्यकर्ता भर्ती गर्ने लहर नै चलेको छ । विभिन्न जिल्लाका ३० भन्दा बढी कर्मचारी निकालिएका छन् भने त्यो भन्दा बढी थपिएका छन् ।
संस्थानको आर्थिक अवस्था राम्रो छैन । संस्थानलाई धरासायी बनाउने गरी काठमाडौं मै ३५ जनाभन्दा बढी अस्थायी कर्मचारी राखिएको छ । गोरखापत्रका महत्वपूर्ण विभागमा अस्थायीलाई राखेर स्थायी र क्षमतावान कर्मचारीको हुर्मत लिने कार्य व्यवस्थापनले गरिरहँदा कर्मचारी संघ, संगठन र पत्रकारको व्यवसायिक हितका लागि खोलिएका भनिने पत्रकार संघ र संगठन नबोल्नु अर्को आश्चर्य बनेको गोरखापत्रका कर्मचारी बताउँछन् ।
गोरखापत्रमा करिव दुई सय भन्दा बढी भर्ना गरि गोरखापत्रलाई कङ्गाल बनाउने तयारी गोरखापत्र व्यवस्थापनको छ ।