मिटरब्याजी विरुद्ध उजुरी दिनेको संखया २ हजारको हाराहारीमा, सर्लाहीमा सबैभन्दा धेरै उजुरी

- फूलमती  

काठमाडौं । मिटरब्याजी विरुद्ध निरन्तर दबाब र आन्दोलनपछि उजुरी दिनेको संख्या बढेको छ । गृहमन्त्रालयले मिटरब्याजीलाई कारबाही गर्न कार्यदल बनाएपछि पछिल्लो समय उजुरीदिनेहरु बढेका हुन् । गृहको तथ्यांक अनुसार हालसम्म देशभर १९ सय ३७ जनाले मिटरब्याजी विरुद्ध उजुरी दिएका छन ।

गृहमन्त्रालयले सार्वजनिक सुचना नै आह्वान गरेर उजुरी माग गरेको थियो । पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा गएर उजुरी दिएका हुन् । उक्त उजुरीको विवरण गृहमन्त्रालयले अध्ययन गरिरहेको छ ।

तराईका विभिन्न जिल्लामा मिटरब्याजबाट पीडित भएपछि पीडितहरु काठमाडौंमा आएर धर्ना र जुलुश गर्न बाध्य भएका थिए । उनीहरुको आन्दोलनपछि सरकार मिटरब्याजीलाई कारबाही गर्न तयार भएको हो ।

मिटरब्याजीहरु विरुद्ध उजुरी दर्ता भएपछि तीन मिटरब्याजीहरु विभिन्न ठाँउबाट पक्राउ परेका छन् । मिटरब्याजी अपराध अध्ययनका लागि गठन गरिएको कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले अनुसन्धान र छानबिन प्रक्रिया निरन्तर अगाडि बढिरहेको बताए ।

देशभरका ३८ जिल्लाहरुबाट उजुरी दर्ता

नवलपरासी सुस्ता पूर्वः ३५,

नवलपरासी सुस्ता पश्चिमः १०२,

बाराः ४५,

पर्साः ८३,

दोलखाः २,

सिन्धुलीः २,

काभ्रेपलाञ्चोकः १८,

धादिङः २,

चितवनः १६,

मकवानपुरः ९,

भक्तपुरः ६,

ललितपुरः ६,

काठमाडौंः १४१,

तनहुँः ५,

कास्कीः २४,

स्याङ्जाः २,

म्याग्दीः १,

पर्वतः ३,

रूपन्देहीः २९,

अर्घाखाँचीः १,

दाङः ४८,

बाँकेः १५,

बर्दियाः ८,

सल्यानः ११,

सुर्खेतः ११,

कैलालीः ४३,

कञ्चनपुरः २,

उदयपुरः १,

झापाः २१,

मोरङः ३७,

सुनसरीः ३३,

सप्तरीः ११४,

सिराहाः २८९,

धनुषाः १४०,

महोत्तरीः १९१,

सर्लाहीः ४२७,

रौतहटः ४१