ग्रिनल्यान्ड र बीएनए क्वाटरफाइनलमा

दियो पोस्ट  

काठमाडौं । आयोजक ग्रिनल्यान्ड र बीएनए १५ औं क्विक्स ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर बोइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ग्रिनल्यान्डले गोल्डेनपिकलाई ६४–३४ तथा बीएनएले टीआईएलाई ३४–२२ ले पराजित गरे । ग्रिनल्यान्डका सुरेश विक र रोहन श्रेष्ठले २२–२२ तथा बीएनएका सन्देश खड्काले १६ अंक जोडे ।

सिनियर बोइजमै इबीएले हिमरश्मीलाई ५२–३२ तथा सेन्ट जोसेफले ग्रिनफिल्डलाई ६०–४० ले हराए । इबीएका सौगात कार्कीले ३२ तथा सेन्ट जोसेफका निकेश तामाङले १९ स्कोर गरे ।

जुनियर बोइजमा ग्रिनफिल्डले फ्लोरोसेन्टलाई १८–११ तथा इबीएले हिमरश्मीलाई २३–७ ले पाखा लगाए ।