महानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना, नक्सा बोकेरै पुगे मेयर शाह

दियो पोस्ट  

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काएको छ। अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काएको हो ।

बिहीबार मेयर बालेन शाहले दोस्रो पटक दिउँसो नक्सा बोकेरै उक्त संरचना भत्काउन डोजर लिएर पुगेका थिए।

बालेन, नगर प्रहरी, नेपाल प्रहरी लगायतका टोली घटनास्थल पुगेका थिए। कम्प्लेक्सले संरचना भत्काउन छ–सात दिनको समय माग्दा काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रहरी नायब महानिरीक्षकले मीरा चौधरीले त्यति दिनको समय दिन नसक्ने बताइएकी छन् ।

‘बिहान कुरा गर्दा अनधिकृत संरचना नभएको भन्ने र अहिले समय चाहियो भनेर दुइटा कुरा गर्न मिल्दैन’, उनले दियो पोष्टसँग भनिन्।

सम्बन्धित खबर