करिब ७८ लाख बराबरको अवैध सामान जनकपुरबाट बरामद

दियो पोस्ट  

धनुषा । अवैध रुपमा भारतबाट ल्याउदै गरेको ७८ लाख २५ हजार भन्दामाथिको सामान प्रहरीले बरामद गरेको छ । धनुषा प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उक्त सामान बरामद गरेको हो । भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गर्दा जनकपुर उपमहानगरपालिकाबाट सो सामान बरामद गरिएको छ ।

करिब ७४ लाखको लत्ताकपडा, १ लाख ११ हजार भन्दामाथिका किराना सामान र ३ लाख भन्दामाथिका मोवाइलका समान गरी करिब ७८ लाख माथिका सामान रहेका छन् । धनुषाका प्रहरी उपरिक्षक (एसपी) बसन्त रजाउरे भने, “चालक र सहचालक फरार भएका छन्, साथै हामीले बरामद गरेको करिब ७८ लाख भन्दामाथिको सामान भन्सार कार्यालय जनकपुर पठाइसकेका छौ ।” उनको निर्देशनमा बरामत गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको हो ।