छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा नोबेल कलेजका एक शिक्षक पक्राउ

दियो पोस्ट  

काठमाडौं । छात्रालाई दुर्व्यवहार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका शिक्षकलाई नियन्त्रणमा लिएको हो। आज बिहानै छात्रालाई दुर्व्यवहार भएको भन्दै एकेडेमीका विद्यार्थीहरुले प्रर्दशन गरेका थिए। त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गर्ने आरोपी शिक्षकलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय सरोज भट्टराई छन्। उनी अंग्रेजी पढाउने शिक्षक हुन्। उनलाई प्रहरी वृत्त बानेश्वरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

ती शिक्षकले विद्यार्थीसँग च्याटमा दुर्व्यवहार गरेको आरोप लागेको एसपी मैनालीले बताए।

यसअघि पनि छात्रालाई दुर्व्यवहार गरेको अभियोगमा चावहिलस्थित सेन्टलरेन्सका शिक्षकलाई समेत पक्राउ गरेको थियो।