बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौंः प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूवप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महनगरका मेयर बालेन साहले भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपायको खोजी भइरहेको बताएका छन् । निर्वाचन सेन्टिमेन्ट पनि भएको भन्दै उनले मेयर साहले भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपायको खोजी भइरहेको बताएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था चिन्ताजनक रहेको बताए । उपत्यकाको पार्टी संगठनको संरचना र नीतिगत विषयमा नयां ढंगले सोच्नुपर्ने अवस्था आएको भन्दै उनले भने, ‘हामीले पनि बालेन भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्देछौं । सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि ।’

पार्टीको गुटबन्दीमा पनि सहभागी नभएको र सबैले साथ दिनसक्ने उम्मेदवार ल्याउने भन्दै उनले भने प्रतिनिधिसभामा २–३ सिट जित्न सके ठूलो सफलता हुने समेत बताए । चुनावी रिजल्ट निकाल्न उम्मेदवार पनि नयाँ नयाँ ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।