प्रहरी महानिरिक्षक सिंह अमेरिका प्रस्थान, कार्याबाहकको जिम्मेवारी सहकुल थापालाई !

दियो पोस्ट  

काठमाडौं । प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्युयोर्कमा यही भदौ १५ देखि १७ गतेसम्म आयोजना हुने तेस्रो युनाइटेड नेसन्स चिफ्स अफ पुलिस समिट (युएनकोप्स)मा भाग सहभागी हुन सिंह आज अपरान्ह ८ बजे अमेरिका प्रस्थान गरेका हुन् ।

उनीसँगै सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल, प्रहरी उपरिक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरिक्षक केदार प्रसाद सापकोटा त्यस तर्फ प्रस्थान गरेका छन् ।

विमानस्थलमा सिंह नेतृत्वको टोलीलाई विदाई तथा शुभकामना दिन प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) सहकुल थापा, रविन्द्र धानुक लगायत उच्च अधिकारी पुगेका थिए ।

महानिरिक्षक सिंहले बरियतामा क्रम अनुसार पहिलो नम्बरमा रहेका एआइजी सहकुल थापालाई कार्यवाहकको जिम्मेवारी दिएका छन् ।